१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ श्रावण १५ शुक्रबार १९:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पदभार ग्रहण गर्दै लुम्बिनी प्रदेश प्रमुख शेरचनले भने–  संविधानलाई आफूअनुकूल व्याख्या नगरौँ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ श्रावण १५ शुक्रबार १९:२५:००

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले संविधानलाई आफूअनुकूल व्याख्या नगर्न आग्रह गरेका छन् ।  प्रदेश प्रमुख शेरचनले शुक्रबार बुटवलस्थित कार्यालयमा पदभार ग्रहण गरेलगत्तै सञ्चारकर्मीमाझ संविधानको मर्म र भावनाभन्दा फरक ढंगले हिँड्ने स्थिति नआओस् भन्ने आफ्नो कामना रहेकोसमेत स्पष्ट पारे ।

उनले आफूलाई संविधानले दिएको अधिकारभन्दा बाहिर जाने छुट नभएको पनि बताए । ‘यो संविधानभन्दा माथि हामी कोही पनि छैनौँ । म यहाँ आएको छु । यो संविधानले निर्दिष्ट गरेको विषयहरूभन्दा बाहिर जाने अधिकार मलाई छैन,’ नवनियुक्त प्रदेश प्रमुख शेरचनले भने, ‘संविधानलाई आफूअनुकूल व्याख्या गर्ने वा संविधानको मर्म र भावनाभन्दा फरक ढंगले हिँड्ने स्थितिहरू देशमा नआओस्, त्यस्तो देख्न नपरोस् भन्ने नेपाली जनताको चाहना छ ।’

प्रदेश प्रमुख शेरचनले सबै राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मीहरूसँग सहकार्य गरेर प्रदेशका जनताको हितमा काम गर्न भूमिका खेल्ने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले आफूवरिपरिकालाई हेर्ने काम जनता र राष्ट्रको हितविपरीत हुने भन्दै त्यस्तो काम आफूबाट नहुने बताए । 

शेरचनले गण्डकी प्रदेश प्रमुखको पनि जिम्मेवारी सम्हालेका थिए । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई लुम्बिनी प्रदेश प्रमुखमा पुनः नियुक्त गरेको थियो ।