मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ श्रावण १५ शुक्रबार १८:५४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रतिनिधिसभा बैठक : गिरी र द्वयपाेखरेलले के भने देउवालाई ? 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ श्रावण १५ शुक्रबार १८:५४:००

सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रदीप गिरीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले यो गठबन्धन सरकार पनि असफल भए मुलुकमा व्यवस्था असफल भई कहालीलाग्दो अवस्था आउनेतर्फ सचेत गराए ।

‘यसपटक यो सरकार असफल भयो भने शेरबहादुरजी मात्रै असफल हुनुहुन्न । यसपटक सरकार असफल भयो भने संविधान असफल हुन्छ । संविधान असफल भएर मात्रै केही हुन्न । तर व्यवस्था असफल भयो भने सोच्दा मात्रै पनि कहाली लाग्दछ,’ उनले भने ।

त्यसैगरी नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेलले सरकार सञ्चालनका लागि संयुक्त संयन्त्र बनाएर जानुपर्ने बताए ।

प्रतिनिधिसभाको विशेष समयमा पोखरेलले सत्ता गठबन्धनका तर्फबाट साझा कार्यक्रम र आचारसंहिता बनाए जानुपर्ने बताएका हुन् । उनले अहिले वाम प्रजातन्त्रको एकताको माहोल बनेको बताउँदै यसलाई अझै व्यवस्थित गरेर अघि बढ्नुपर्ने बताए ।  यो सरकारलाई धेरै चुनौती र जिम्मेवारी रहेको बताउँदै उहाँले कोभिड १९ को बारेमा अन्य समसामयिक छलफलको आवश्यक्ता रहेको औँल्याए । 

त्यस्तै, प्रतिनिधिसभाको विशेष समयमा नेकपा एमालेका सांसद तथा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले अहिलेको शासक वर्गले उच्चस्तरीय भूमि समस्या समाधान आयोग विघटन हुने सन्त्रास दिइरहेको बताए ।

उनले  ११ लाख ८० हजार सात सय ६१ तत्काल जग्गाधनी प्रमाणपत्र दिने भनिसकेको र सात सय ५३ स्थानीय तहमध्ये सात सय ४३ तहमा प्रमाणपुर्जा तयार गर्न र नापीनक्सा गर्नका लागि सम्झौता गरिसकेको वेलामा उच्चस्तरीय भूमि समस्या समाधान आयोग विघटन गर्न लागेको सन्त्रास फैलिरहेको बताए ।

उनले सयौँ प्राविधिकहरू जग्गानापीका लागि फिल्डमा खटिसकेको र २१ करोड २७ लाख रुपैयाँ खर्च भइसकेकोले यसलाई कुनै हालतमा रोक्न नमिल्ने बताए । उनले  भूमिहीनले जग्गा पाउँछ भनेरै तल्लो तहका कर्मचारीलाई डर पैदा गरिरहेको बताए ।