१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७५ फाल्गुण १० शुक्रबार १२:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेकपामा मतभेद बढ्यो : पार्टी एकताको लागि बनेको कार्यदल भंग

Read Time : < 1 मिनेट
२०७५ फाल्गुण १० शुक्रबार १२:१०:००

नेकपाको पार्टी एकता सम्बन्धमा खाका तयार गर्न बनेको कार्यदल भंग भएको छ ।  कार्यदल भंग भएसँगै नेकपा भित्र मदभेद बढेको छ । 

नेकपाका नेता तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले एकताका लागि बनेको कार्यदल भंग भएको जानकारी दिए । त्यस्तै नेकपाका अर्का नेता योगेश भट्टराईले पनि आफूले त्यस्तै सुनेको बताए ।

उनले भने ‘मैले पनि त्यही सुनेको छु । यदि कार्यदल भंग गरेको हो भने दुर्भाग्य हो । पार्टी एकता हुन नदिन पार्टीभित्रैबाट षडयन्त्र भएको बुझ्नुपर्छ । यसले पार्टी र सरकारलाई राम्रो गर्दैन । यो कार्यसमितिले छलफल गर्नुपर्थ्यो ।’ उनले कार्यदलका संयोजक र सदस्यहरुका कारण यस्तो भएको भन्दै कटाक्ष गरे ।

पार्टी सचिवालयले कार्यदलका सदस्यहरुलाई धन्यवाद दिएका छन् । साथै बाँकी काम सचिवालयले नै गर्ने बताइएको छ ।