१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ श्रावण १५ शुक्रबार १६:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एकै परिवारका पाँचजना सवार जिप कर्णालीमा खस्यो, दुईजना बेपत्ता

Read Time : < 1 मिनेट
२०७८ श्रावण १५ शुक्रबार १६:२८:००

कैलालीको मोहन्याल गाउँपालिका– ७, बाँकाबाट कर्णाली नदीमा जिप खस्दा दुईजना बेपत्ता भएका छन् । डोटीको आदर्श गाउँपालिकाको काँडेसाउले घर भएका चन्द्रप्रकाश जोशी र उनकी श्रीमती रुपी जोशी बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिपमा सवार उनीहरूका तीन छोराछोरी घाइते अवस्थामा फेला परेका छन् । अन्दाजी १०–१२ वर्षीया लक्ष्मी जोशी, तीन–चार वर्षीय भुवन जोशी र चार–पाँच वर्षीया सावित्री जोशी सडकभन्दा तल झाडीमा घाइते अवस्थामा फेला परेका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

प्रहरीका अनुसार घाइतेमध्ये भुवन र सावित्रीको अवस्था गम्भीर छ । उनीहरूलाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ । उनीहरू नेपालगन्जबाट फर्किएको र चिसापानीबाट सोल्टा घुम्न जाने क्रममा दुर्घटना भएको बुझिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए । 

मध्यान्ह्र साढे १२ बजेतिर जिप नदीमा खसेको हो । जिप पल्टिने क्रममा तीन बालबालिका खसेर नदीमाथि झाडीमा अड्किएको अवस्थामा भेटिएका हुन् । कच्ची सडकमा ब्याक गर्ने क्रममा जिप नदीमा खसेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । बेपत्ताको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।