१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७८ श्रावण १५ शुक्रबार १२:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धनुषा प्रहरी हिरासतमा थुनुवाले गरे आत्महत्या 

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७८ श्रावण १५ शुक्रबार १२:२५:००

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतभित्र एक थुनुवाले आत्महत्या गरेका छन्। ज्यान मार्ने उद्योग तथा अंगभंग मुद्दामा पक्राउ परेका धनुषा लक्ष्मीनियाँ गाउँपालिकाका– २ सिनुरजोडा  बस्ने ४० वर्षीय पल्टु रविदासको थुनुवा कोठाको शौचालयमा शुक्रबार बिहान आत्महत्या गरेका हुन्। 

आफ्नै भाइसँग सम्पत्ति भागबन्डाको विषयमा झगडा हुँदा रविदासलाई ज्यान मार्ने उद्योग तथा अंगभंग कुटपिट मुद्दामा प्रहरीले पक्राउ गरेको सो वडाका वडाध्यक्ष गणेश यादवले बताए। 

रविदासले शौचालयको भेन्टिलेटरमा गन्जीले पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए।  मृतक राविदासको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको छ। 

घटनाको विषयमा अनुसन्धान भइरहेको उपरीक्षक रानाभाटले जानकारी दिए । यता, परिवारजनले घटना शंकास्पद रहेको भन्दै मानव अधिकार आयोगमा अनुसन्धानका लागि अनुरोध गरेका छन् । मानव अधिकारका टोलीले शुक्रबार बिहानै घटनास्थल तथा परिवारजनसँग भेटघाट गरेकाे छ । मृतक रविदासका दुई छोरी र एक छोरा रहेका छन् । 

यसैबीच, लक्ष्मीनियाँ गाउँपालिकामै शुक्रबार बपहान सरकारी पिकअप भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। ढल्केबरबाट जनकपुर आउँदै गरेको सरकारी नम्बर प्लेटकाे ज.२००२ ०००१ ख ००३५ नम्बरका स्कारपियो पिकअप भ्यान लक्ष्मीनियाँ गाउँपालिकाको सपहरीस्थित पुल निर्माणाधीन खाल्डोमा खसेर दुर्घटना भएको हो। दुर्घटनामा महोत्तरीका भंगहा नगरपालिका– ९ बस्ने चालक दीपक यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।