मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ श्रावण १४ बिहीबार १९:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाँच वर्षीय बालकको शव फेला, हत्याको आशंका 

Read Time : < 1 मिनेट
२०७८ श्रावण १४ बिहीबार १९:४८:००

महोत्तरीमा पाँच वर्षीय बालकको शव फेला परेको छ । बुधबार साँझदेखि हराइरहेको रामगोपालपुर नगरपालिका– ६ विशम्भरपुर बस्ने चन्द्रकिशोर यादवका छोरा रितेशकुमारको शव घरबाट ४० मिटरको दूरीमा रहेको बगैँचामा परालको थुप्रोले छोपेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले मृत्यु शंकास्पद रहेको र अनुसन्धान भइरहेको बताए । शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको उनले बताए । 

मृतककी कान्छी आमा बुधबारदेखि नै सम्पर्कविहीन रहेको र छोरा खोज्न हिँडेका चन्द्रकिशोरसमेत सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । 

चन्द्रकिशोरको सात वर्षअघि रजनी यादवसँग मागी बिहे गरेका थिए । रजनीबाट दुई छोरा छन् । चन्द्रकिशोरले एक वर्षअघि रागनी मुखियासँग दोस्रो बिहे गरेपछि रजनीले दुवै छोरालाई बाबुको जिम्मा लगाएर माइत गएकी थिइन् । दुईमध्ये जेठो छोराको शव शंकास्पद अवस्थामा भेटिएपछि स्थानीयले आफन्तबाटै हत्या गरिएको आशंका गरेका छन् । 

चन्द्रकिशोरका अर्का तीन वर्षीय छोरा भने हजुरआमासँग रहेका छन् ।