Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १४ बिहीबार १८:५८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सांसदहरू भन्छन्– कोभिडको तेस्रो लहरबाट बालबालिकालाई बचाउने तयारीमा जुटौँ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १४ बिहीबार १८:५८:००

प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक समितिमा सांसदहरूले कोभिड– १९ संक्रमणको तेस्रो लहरबाट बालबालिकालाई बचाउने तयारीमा जुट्नुपर्नेमा जोड दिएका छन् । समितिको बिहीबारको बैठकमा तेस्रो संक्रमणको जोखिमबाट महिला तथा बालबालिकालाई बचाउने तयारीमा जुट्न जोड दिएका छन् । 

समिति सदस्य दुर्गाकुमारी विश्वकर्माले कोरोनाको तेस्रो लहरबाट बच्न सरकारी अस्पतालमा भेन्टिलेटर र आइसियू पर्याप्त नभएको भन्दै स्वास्थ्य क्षेत्रमा पहिलो बजेट छुट्याएर काम गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘कोरोनाको तेस्रो लहरको वेभ आउने नै हो भने सरकारी अस्पतालमा भेन्टिलेटर र आइसियूको पर्याप्त व्यवस्था गर्नुप¥यो, यसमा सरकारले पहिलो बजेट नै स्वास्थ्य क्षेत्रलाई छुट्याएर काम गर्नुपर्दछ, साथै स्वास्थ्य मन्त्रालयले त्यसलाई व्यवस्थित र अनुगमन गर्नुपर्छ ।’

समिति सदस्य हिरा गुरुङले कोरोनाको तेस्रो लहर बालबालिकामा आउने भनिएकाले पर्याप्त मात्रामा पूर्वतयारीमा लाग्नुपर्नेमा जोड दिए । बालबालिकालाई तेस्रो लहरबाट जोगाउने र बालबालिका प्रभावित बन्ने भनिरहेको भन्दै यसको पर्याप्त तयारीमा लाग्न र स्वास्थ्य मन्त्रालय संवेदनशील भएर काम गर्नुपर्नेमा उनको जोड छ । 

समितिमा राष्ट्रिय बालअधिकार परिषद्का प्रमुख मिलन घलेले संस्थाले कोरोनाको तेस्रो लहरबाट बालबालिकालाई बालमैत्री क्वारेन्टिन र आइसोलेसन सेवा विस्तार गर्न आग्रह गरेको बताए । उनले कोरोनाको तेस्रो लहरको जोखिमबाट बालबालिकाको स्वास्थ्य जोगाउन संस्थाले पाँच सय १५ वटा स्थानीय तहसँग भर्चुअल माध्यमबाट अन्तक्र्रिया गरेर प्राविधिक सहायता उपलब्ध गराइरहेको पनि जानकारी गराए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरकार कोरोनाको तेस्रो लहरले बालबालिकालाई असर गर्छ भनेर चिन्तित रहेको बताए । 
उनले भदौभित्रमा देशभर दुई सय ३० वटा भेन्टिलेटर थपेको जानकारी दिए । पोखरेलले कान्तिबाल अस्पतालमा तेस्रो लहरको जोखिमबाट बच्न ५० वटा भेन्टिलेटर थप गरेको र विभिन्न प्रादेशिक अस्पतालमा ५–१० वटा भेन्टिलेटर थप्दै जाने गरी दुई सय ३० वटा भेन्टिलेटर थप गरिएको बताए ।