मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १४ बिहीबार १७:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सभामुख सापकोटा र गृहमन्त्री खाणबीच भेटघाट, विपत् व्यवस्थापनबारे छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १४ बिहीबार १७:२३:००

सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाणबीच बाढीपहिरोका कारण देशभर उत्पन्न विपत्ति र व्यवस्थापका सन्दर्भमा सरकारी तयारीबारे छलफल भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बिहीबार भेटघाट भएको सभामुखको सचिवालयले जनाएको छ । 

सभामुख सापकोटाले छलफलमा सिन्धुपाल्चोकलगायतका बाढी प्रभावित क्षेत्रहरूको बारेमा चासो राखेका थिए । सभामुखको जिज्ञासामा गृहमन्त्रीले विपत् संकटग्रस्त क्षेत्र घोषित सिन्धुपाल्चोकमा राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको छुट्टै युनिट बनाएर विस्थापितहरूको पुनस्र्थापनाको काम अघि बढाउने जानकारी दिए । 

यस वर्ष मनसुनको सुरुवातसँगै मनाङ र सिन्धुपाल्चोकमा बाढीपहिरोबाटो ठूलो क्षति पुगेपछि सरकारले दुवै जिल्लालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । गत वर्ष पनि बाढीपहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति भएपछि सिन्धुपाल्चोक र बाग्लुङलाई विपत् संकटग्रस्त जिल्ला घोषणा गरिएको थियो ।

सभामुख र गृहमन्त्रीबीच संसद्को चालू अधिवेशनमा विधेयकहरू अघि बढाउनेलगायतका विषयमा पनि छलफल भएको छ ।