मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १४ बिहीबार १६:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीबाट हटेपछि नियमित पार्टी कार्यालय जान थाले एमाले अध्यक्ष ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १४ बिहीबार १६:५८:००

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीबाट हटेपछि नियमित पार्टी कार्यालय जान थालेका छन् । ओलीले पार्टीको महत्वपूर्ण छलफल तथा भेटघाट पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट गर्न थालेको कार्यालय सचिव शेरबहादुर तामाङले बताए । 

प्रधानमन्त्री रहँदा ओलीले पार्टी बैठकदेखि भेटघाटका कार्यक्रम बालुवाटारमै गर्ने गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले भने पार्टीका बैठक बालुवाटारमा नगर्ने प्रतिबद्धता जनाएका छन् । 

बिहीबार ओलीले केन्द्रीय कार्यालयमा पार्टी नेता तथा कार्यकर्तासँग भेटघाट गरेका छन् । अब पार्टीका सम्पूर्ण बैठक तथा भेटघाट पार्टी केन्द्रीय कार्यालयबाटै हुने कार्यालय सचिव तामाङले बताए । 

ओलीको स्वास्थ्यमा कुनै पनि समस्या नरहेको र सक्रिय रूपमा कार्यालयमा उपस्थित हुन सक्ने अवस्था रहेको उनले बताए । कार्यालयको व्यवस्थापनलाई पनि व्यवस्थित गरिएको उनले बताए । उनले भने, ‘पार्टी केन्द्रीय कार्यालयमा अलि व्यवस्थित गरेर उहाँहरूलाई अर्को कुनै अप्ठ्यारो नहोस्, भिडभाड नहोस् भन्ने कुरालाई ध्यानमा राखेर कार्यकक्षहरूको व्यवस्था भएको छ । उहाँको भेटघाट गर्ने रुमको व्यवस्था छ । व्यवस्थित ढंगले नै भेट्ने र पार्टीका कामहरू गर्ने वातावरण केन्द्रीय कार्यालयमा तयार भएको छ ।’

तामाङले पार्टीको बैठक तथा कार्यक्रमहरू भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाइएको पनि जानकारी दिए । ओलीको अत्यावश्यक बैठकहरू भौतिक उपस्थितिविना भर्चुअल माध्यमबाट गर्न सकिने गरी पार्टी कार्यालयमा भर्चुअल रुम तयार गरेको उनले बताए ।