मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ श्रावण १४ बिहीबार १५:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाघको वासस्थान सुरक्षा गर्दै चोरी निकासी रोक्नुपर्छ : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ श्रावण १४ बिहीबार १५:५४:००

प्रधानमन्त्री शेरबहादुर देउवाले बाघको वासस्थानको सुरक्षा गर्दै चोरी निकासी रोक्नुपर्ने बताएका छन् । विश्व बाघ दिवसको अवसरमा बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले बाघको वासस्थानका लागि जंगल आवश्यक रहेको र जंगल जोगाउनेतर्फ ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

उनले बाघको वासस्थानलाई सुरक्षित गराउनतर्फ ध्यान दिनुपर्ने बताए । प्रधानमन्त्री देउवाले बाघ र मानिसका बीचमा समस्या रहेको भन्दै ती समस्याको समाधानका उपाय निकाल्नु आवश्यक रहेको बताए ।

उनले भने, ‘बाघका लागि जंगल आवश्यक छ । जंगल र बाघ एक–अर्काको लागि आवश्यक कुरा हुन् । बाघको वासस्थान सुरक्षित गर्न विशेष ध्यान दिनुपर्छ ।’