मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ श्रावण १४ बिहीबार १३:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चिनियाँ विदेशमन्त्री र तालिवान नेताबीच भेट

Read Time : < 1 मिनेट
२०७८ श्रावण १४ बिहीबार १३:३०:००

चिनियाँ विदेशमन्त्री वाङ यी र तालिवानका सहसंस्थापक मुल्लाह अब्दुल गनीबीच भेटवार्ता भएको छ। उनीहरूबीच बुधबार उत्तरी चीनको तिआनजिनमा भेट भएको हो। अमेरिकी सेना फर्केपछि अफगानिस्तानमा लगातार आफ्नो प्रभुत्व बढाइरहेको तालिवानको एक प्रतिनिधिमण्डल चीन गएको थियो।

चिनियाँ टेलिभिजन सिजिटिएनका अनुसार विदेशमन्त्री वाङले तालिवान प्रतिनिधिमण्डललाई ‘चीनविरोधी’ आतंकवादी संगठन इस्ट तुर्किस्तान इस्लामिक मुभमेन्टसँगको सम्बन्ध तोड्न आग्रह गरेका थिए। भेटमा वाङले तालिवानले युद्ध बिसाएर शान्ति सम्झौतामा आउने विश्वास व्यक्त गरेको बिबिसीले जनाएको छ। उनले शान्ति सम्झौतामा आएर अफगानिस्तानको पुनर्निर्माणमा तालिवानले भूमिका खेल्नुपर्ने बताएका थिए। यो भेट अफगानिस्तान सरकार र तालिवानबीचको संघर्ष उच्च भइरहेको समयमा भएको हो। 

तालिवानका प्रवक्ता मोहम्मद नइमले एक ट्विट गर्दै चीन भ्रमणबारे बताएका छन्। ‘यो बैठकमा राजनीति, अर्थव्यवस्था, दुई देशको सुरक्षासँग जोडिएका विषय,  अफगानिस्तानको वर्तमान अवस्था र शान्तिप्रक्रियाबारे चार्चा भयो,’ मोहम्मदले ट्विटमा भनेका छन्। चीनले अफगानिस्तानको आन्तरिक मामिलामा दख्खल नदिने, तर शान्ति स्थापनाका लागि सहयोग गर्ने बताएको उनले ट्विट गरेका छन्।