मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १४ बिहीबार १२:४६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोभिड– १९ र बाढीपहिरोको प्रभावमा ध्यान दिन्छु : विश्व पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १४ बिहीबार १२:४६:००

योजना आयोगका नवनियुक्त उपाध्यक्ष विश्व पौडेलले कोभिड– १९ र बाढीपहिरोको प्रभावका बारेमा ध्यान दिने बताएका छन्।  बिहीबार बिहान भएको पत्रकार सम्मेलनमा उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन्। उनले अब रेगुलर कामका साथै ओभरल प्लानिङको गुणस्तर बढाउने, अर्थसहितका अन्य मन्त्रालयलाई छुटब्याक दिने र आफूलाई चाहिने निकायलाई बलियो बनाउने लक्ष्य रहेको बताए। 

उपाध्यक्ष पौडेलले भने, ‘कोभिड र फ्ल्डको इम्प्याक्टबारे हामीले हेर्नुपर्नेछ, त्यसपछि रेगुलर काम, ओभरल प्लानिङको गुणस्तर बढाउने र अर्थलगायत अरू मन्त्रालयहरूलाई छुट ब्याक दिने काम र हामीलाई चाहिने अरू निकायहरूलाई बलियो बनाउने हाम्रो लक्ष्य छ, सरहरू र कर्मचारीबाट यही अपेक्षा छ।’