१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ श्रावण १४ बिहीबार ०८:२९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

स्वास्थ्य राज्यमन्त्रीसँग अटो व्यवसायीले मागे खोप

Read Time : < 1 मिनेट
२०७८ श्रावण १४ बिहीबार ०८:२९:००

नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वको टोलीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटेर अटोमोबाइल क्षेत्रका जनशक्तिलाई समयमै कोभिड–१९ को खोप लगाउने व्यवस्था गर्न माग गरेको छ । टोलीले राज्यमन्त्री श्रेष्ठको सफल कार्यकालको शुभकामना दिँदै सरकारका तर्फबाट अटोमोबाइल क्षेत्रका व्यवसायी, कर्मचारी, टेक्निसियन र देशैभर छरिएर रहेका श्रमिकका लागि खोप उपलब्ध गराउने विषयमा पहल गर्न माग गरेको हो ।

भेटघाटमा नाडाका उपाध्यक्ष चौधरीले कोभिड–१९ को कारण नेपालको समग्र अटोमोबाइल व्यवसाय नै समस्या परेको र यसको प्रत्यक्ष प्रभाव सरकारले अटोमोबाइल क्षेत्रबाट प्राप्त गर्ने राजस्वमा समेत परेको बताए । सरकारले लगाएको निषेधाज्ञा हाल केही खुकुलो भए पनि अटोमोबाइल क्षेत्रसँग जोडिएका मानिसहरू खोपको अभावमा आफ्नो कार्यक्षेत्रमा जान नसकेको उनको भनाइ थियो । खासगरी व्यवसायको फ्रन्टलाइनमा बस्ने कर्मचारी र श्रमिकलाई धेरै समस्या भएको चौधरीले बताए । 

छलफलमा चोधरीले अटोमोबाइल व्यवसायलाई थप गतिशील बनाउन खोपको टड्कारो आवश्यकता भएकाले तत्काल खोप उपलब्ध गराइदिने व्यवस्थाका लागि आग्रह गरेको नाडाले जनाएको छ । राज्यमन्त्री श्रेष्ठले खोप उपलब्ध गराउन सक्दो प्रयास गर्ने आश्वासन दिएको जनाइएको छ । यसैक्रममा टोलीले स्वास्थ्य तथा जनसंख्यासचिव लक्ष्मण अर्याललाई भेटी आवश्यक खोप उपलब्ध गराइदिन अनुरोध गरेको नाडाले जनाएको छ ।