Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १३ बुधबार १९:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रेशम चौधरीलाई पार्टीले हटाएको छैन : जसपा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १३ बुधबार १९:३४:००

जनता समाजवादी पार्टी (जसपा)ले रेशम चौधरी पार्टीमा नरहेको भन्ने कुरा निराधार रहेको बताएको छ। जसपाको आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि प्रवक्ता डम्बर खतिवडाले चौधरी जसपाको कार्यकारिणी समितिमा रहेको बताए।

‘हिजो केही सञ्चारमाध्यममा रेशम चौधरी जसपामा नरहेको भन्ने खबरहरू आए। त्यो निराधार हो। उहाँ हाम्रो कार्यकारिणी समितिमा हुनुहुन्छ,’ खतिवडाले भने।

अहिले कार्यकारिणी समितिमा ३६ जना रहेको र विधानअनुसार ५३ जना सदस्य रहने प्रावधान रहेको उनले बताए। जसपाले अन्य पार्टी एकतासँग भएको एकतालाई अनुमोदन गरेको छ। एकतामा आएका शिवलाल थापालाई आजको बैठकले कार्यकारिणी समितिमा मनोनीतसमेत गरेको छ। 

यस्तै, सरकारमा कसरी सहभागी हुने भन्नेबारे बैठकमा छलफल भएको छ। तर, बैठकले मन्त्रीको नाम भने टुंगो लगाउन सकेको छैन।