मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १२ मंगलबार १७:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लुम्बिनी प्रदेश प्रमुखमा शेरचन, गण्डकीमा गुरुङ सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १२ मंगलबार १७:४३:००

सरकारले गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रमुख हेरफेर गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई सिफारिस गरेको हो।

प्रदेश प्रमुखको नियुक्ति सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ।

हाल गण्डकी प्रदेश प्रमुख सिताकुमारी पौडेल र लुम्बिनी प्रदेशको प्रमुखमा धर्मनाथ यादव छन् । उनीहरुलाई केपी ओली नेतृत्वको सरकारको सिफारिसमा भण्डारीले नियुक्त गरेकी थिइन ।