मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ श्रावण १२ मंगलबार १५:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हिजो प्रश्न गर्ने ठाउँमा भएकाहरू आज काम गर्ने ठाउँमा हुनुहुन्छ : राष्ट्रिय सभा सदस्य पन्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ श्रावण १२ मंगलबार १५:३४:००

राष्ट्रिय सभाका सदस्य प्रकाश पन्तले हिजो प्रश्न गर्ने ठाउँमा भएकाहरू आज काम गर्ने ठाउँमा भएको हुनाले निर्मला पन्त हत्याकाण्डको फाइल खोल्न सरकारको  ध्यानाकर्षण गराएका छन् । मंगलबार राष्ट्रिय सभाको शून्य समयमा बोल्दै पन्तले निर्मलाले न्याय नपाएको तीन वर्ष भएको भन्दै उनले निर्मलाको हत्याराले सजाय पाए धेरै निर्मलाले न्याय प्राप्त गर्ने बताए । 

उनले  भिआइपीहरूको स्वास्थ्य उपचार र सुरक्षा सुविधाको विषयले बजार तातेको भन्दै मान्छेको अनुहार हेरेर नभई कानुन र मापदण्ड हेरेर काम गर्न सरकारलाई आग्रह गरे । 

पन्तले कोरोनाले थलिएको सार्वजनिक यातायात क्षेत्रका व्यवसायी तथा मजदुरको समस्या र माग सम्बोधन गर्न पनि अनुरोध गरेका छन् ।  

साथै उनले संघीयता कार्यान्वयन गर्न आवश्यक पर्ने कानुन, संविधानको अनुसूची कार्यान्वयन गर्ने कानुनहरू तथा प्रदेश र स्थानीय तहलाई आवश्यक पर्ने कानुनहरू आगामी आमनिर्वाचन अगावै बनाइसक्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।