मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
दीपक भट्ट रामेछाप
२०७८ श्रावण १२ मंगलबार १४:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खिम्ती खोलामा बेपत्ता बालकको खोजीकार्य जारी

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०७८ श्रावण १२ मंगलबार १४:४२:००

गुडिरहेको ट्याक्टरबाट उछिट्टिएर सोमबार दिउँसो खिम्ती खोलामा बेपत्ता भएका बालकको खोजीकार्य मंगलबार पनि जारी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

मन्थलीबाट कुखुराको दाना र प्लाई लिएर गोकुलगंगा गाउँपालिकातर्फ जाँदै गरेको लु.१त ६६२९ नम्बरको ट्याक्टरबाट लिखु तामाकोसी गाउँपालिका– ६ खिम्ती–नामाडी सडकखण्डको खिम्ती खोलाछेउमा ट्याक्टरबाट उछिट्टिँदा गोकुलगंगा गाउँपालिका– ६ फर्पुका ११ वर्षीय बालक मिलन तामाङ साेमबार दिउँसोबाट बेपत्ता भएका हुन् । 

बेपत्ता भएका बालकको सशस्त्र प्रहरी बल आश्रित गुल्म मन्थलीबाट खटिएको टोली, जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोली र स्थानीय नागरिकहरूसमेत खोजीकार्यमा जुटेका छन् । बालक तामाङको शव अहिलेसम्म फेला पर्न सकेको छैन । ट्याक्टरचालक गोकुलगंगा गाउँपालिका– ६ फर्पुका कुमार तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।