मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १२ मंगलबार १०:५०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चौधरीद्वारा नाडा अध्यक्षमा उम्मेदवारी घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १२ मंगलबार १०:५०:००

सिजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स एसोसिएसनको आगामी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । उनी नाडाको हालको कार्यसमितिमा उपाध्यक्ष छन् ।  

नाडा सातवटै प्रदेशमा विस्तार भइसकेको अवस्थामा सबै प्रदेश संरचनालाई अझै व्यवस्थित र बलियो बनाई नाडालाई संस्थागत रूपमा दरिलो रूपमा अगाडि बढाउने उद्देश्यका साथ उम्मेदवारी दिएको चौधरीले जनाएका छन् ।

अटोमोबाइल व्यवसाय सरकारलाई सर्वाधिक कर बुझाउने एवं निजी क्षेत्रमा ठूलो संख्यामा रोजगारी प्रदान गर्ने व्यवसाय भएकाले सरकार र व्यवसायी दुवैको उच्चतम हितमा काम गर्न मिल्ने सहज वातावरण बनाउन आफूले उम्मेदवारी दिन लागेको उनले बताए ।

सरकारको नीतिगत रूपमा समेत अटो व्यवसायलाई कसरी सहज बनाउने भन्ने कुरामा काम गर्नेसमेत उद्देश्य रहेको उनको भनाइ छ । उनले कोभिड–१९ महामारी र लकडाउनका कारण नेपालका अटोमोबाइल व्यवसाय संकटमा परेको बताए । त्यसैले यस व्यवसायको पुनरुत्थानसँगै नयाँ आकर्षण, नयाँ उत्साह ल्याउन जरुरी रहेको उनले बताए ।