मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण ११ सोमबार १५:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सभामुख सापकोटा र अर्थमन्त्री शर्माबीच भेट, संसद्को आर्थिक व्यवस्थापनबारे छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण ११ सोमबार १५:३२:००

संघीय संसदलाई व्यवस्थित ढंगले सञ्चालनका लागि आर्थिक व्यवस्थापनका विषयमा सभामुख अग्नि सापकोटा र अर्थमन्त्री जनार्दन शर्माबीच  छलफल भएको छ। सोमबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेट भएको हो।

सभामुख सचिवालयको भनाइ छ, ‘संघीय संसदलाई व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालनका लागि आर्थिक व्यवस्थापनलगायतका विषयमा छलफल केन्द्रित रहेको थियो ।’

विपत् संकटग्रस्त क्षेत्र घोषित जिल्लाहरूमा सरकारको प्राथमिकताबारे पनि छलफल भएको छ । सभामुखको जिज्ञासामा अर्थमन्त्री शर्माले विपतग्रस्त सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रमा तत्काल  बेलिब्रिज राख्न निर्देशन दिइसकेको जानकारी गराएका थिए।

सरकारले साउन ४ गते सिन्धुपाल्चोक र मनाङलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।