मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ श्रावण ११ सोमबार १३:१८:००
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

बिस्तारै खुकुलो बन्दै इजरायल 

Read Time : > 2 मिनेट
२०७८ श्रावण ११ सोमबार १३:१८:००

विश्वभरि नै कोरोना भाइरस (कोभिड–१९)को तेस्रो तथा चौथो लहर चलिरहेको छ । कोभिड–१९ बाट बच्ने प्रमुख हतियार नै यसविरुद्ध खोप हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वका सबै देशलाई कोरोनाको खोप अभियान प्रभावकारी बनाउन बारम्बार निर्देशन गरिरहेको छ । वेलावेलामा खोप लिएका व्यक्तिले संक्रमित बनाएको समाचार पनि नआएका होइनन् । त्यस किसिमको सामाचारले खोपप्रति नकारात्मक सन्देश प्रवाह गरेको देखिन्छ । जस्तो भए पनि कोरोना संक्रमित हुनबाट बच्ने एक मात्र उपाय खोप नै मानिएको छ । 

यसैबीच इजरायलमा खोप लिएका व्यक्तिले अरूलाई संक्रमित नबनाएको रिपोर्ट सार्वजनिक भएको छ । इजरायलको स्वास्थ्य मन्त्रालयले गठन गरेको एक अनुसन्धान टोलीले आइतबार सार्वजनिक गरेको प्रतिवेदनमा भ्याक्सिन लिएका ८० प्रतिशत व्यक्तिले अन्यलाई संक्रमित नबनाएको उल्लेख भएको छ । अनुसन्धान टोलीले आफ्नो अनुसन्धानका लागि बढी भिड हुने जिमखाना, इभेन्ट हल, सांगीतिक कार्यक्रमस्थल तथा रेस्टुराँमा खोप लगाएका व्यक्तिहरूको स्याम्पल लिएको थियो । 

टाइम्स अफ इजरायलका अनुसार खोप लिएका १० प्रतिशत व्यक्तिले मात्र एकजनालाई संक्रमित बनाउन सक्छन् । यद्यपि, इजरायलका विभिन्न मिडियाले सरकारद्वारा स्पष्ट डाटा प्रस्तुत नगरेको आरोप लगाएका छन् । ती मिडियाहरूले समग्रमा कति समय लगाएर अनुसन्धान गरेको भन्ने प्रश्न गरेका छन् । इजरायलमा १० लाख जनताले भ्याक्सिन लिन अस्वीकार गरेको पनि उनीहरूले जनाएका छन् । 

सरकारले सबै नागरिकलाई निःशुल्क परीक्षणको व्यवस्था मिलाएको छ । प्रधानमन्त्री नेफटाली बेनेटले भ्याक्सिन नलगाउने नागरिकहरूलाई आफ्नै खर्चमा परीक्षण गर्नुपर्ने बताएका छन् । उनले कोरोना संक्रमित संख्या बढे सरकार चौथोपटक लकडाउनको पक्षमा रहेको चेतावनी दिएका छन् । इजरायलमा ९० लाख जनसंख्यामध्ये ५२ लाख ९० हजारले भ्याक्सिनका दुवै खोप लगाएका छन् । ५८.५ प्रतिशत नागरिक भ्याक्सिनको पहुँमा पुगेका छन् । 

भ्याक्सिनको प्रभावकारितापछि इजरायल सरकारले बिस्तारै आफ्ना जनताहरूलाई खुकुलो बनाउँदै लगेको छ । सरकारले अन्य सहरमा भ्रमण गर्न हरियो पास अनिवार्य गरेको छ । ठुल्ठूला इभेन्ट्स आयोजना गर्न अनुमति सरकारले दिएको छ । 

यस्ता कार्यक्रममा सहभागी हुनुअघि सरकारसँग हरियो पास ७२ घन्टाअगाडि नै लिनुपर्नेछ । साथसाथै कार्यक्रममा सहभागी हुने सबैको कोरोना रिपोर्ट नेगेटिभ हुनुपर्ने इजरायली स्वास्थ्य मन्त्रालयले जनाएको छ । हरियो पास भएका व्यक्ति खेलकुद, रेस्टुराँ, कन्फरेन्स तथा धार्मिकस्थलमा जान पाउँछन् । 

बंगलादेशले लकडाउन बढायो

बंगलादेशमा पछिल्लो २४ घन्टामा ११ हजार दुई सय ९१ जना नयाँ संक्रमित भेटिएका छन् । अहिलेसम्म बंगलादेशमा ११ लाख ६४ हजार ६ सय ३५ जना संक्रमित र १९ हजार दुई सय ७४ जना निधन भएका छन् । दिनप्रतिदिन बढ्दै गइरहेको संक्रमित संख्याका कारण बंगलादेशी सरकार गम्भीर बनेको छ । सरकारले अब कोरोना नियन्त्रण गर्न ५ अगस्टसम्म लकडाउन घोषणा गरेको छ । मे महिनामा एक धार्मिक पर्वको अवसरमा सरकारले लकडाउन जारी गरेको थियो । सरकारले जनताहरूमाथि नियन्त्रण लिन सडकमा सैनिक परिचालन गरेको छ । प्रशासनले कसैलाई पनि घरबाट बाहिर ननिस्कन भनेको छ । 

पाकिस्तानमा डेल्टा भेरियन्ट

पाकिस्तान धेरै कोरोना संक्रमित हुने विश्वकै १०औँ देश बनेको छ । पाकिस्तानमा अहिलेसम्म १० लाख चार हजार नौ सय ९४ जना संक्रमित भएका छन् । पछिल्लो २४ घन्टाको रिपोर्टअनुसार यहाँ दुई हजार आठ सय १९ जना नयाँ संक्रमित थपिएका छन् । कोरोनाका कारण पाकिस्तानमा २३ हजार १६ जनाले ज्यान गुमाएका छन् । स्थानीय एजेन्सीहरूले पाकिस्तानमा डेल्टा भेरियन्ट तीव्रगतिमा फैलिएको जनाएका छन् । पाकिस्तान सरकारले सयमध्ये ६ जनाको मात्र कोरोना परीक्षण गरेको एजेन्सीको भनाइ छ । 

बेलायतमा फुडचेन सप्लाई ठप्प चार महिनाको अवधिमा १० हजार कर्मचारी संक्रमित भएपछि बेलायतमा फुडचेन सप्लाईमाथि गम्भीर असर भएको छ । पछिल्लो २४ घन्टामा बेलायतमा ३१ हजार सात सय ९५ जना संक्रमित भएका छन् । फुडचेन सप्लाई ठप्प भएपछि अत्यावश्यक सामग्री बजारमा कमी हुन थालेको बेलायती एजेन्सीहरूले जनाएका छन् । बेलायतमा २४ घन्टाभित्र २९ हजार एक सय ७२ जना संक्रमित भएका छन् । अहिलेसम्म बेलायतमा ५६ लाख ९८ हजार चार सय ३३ जना संक्रमित भएको डब्लुएचओले जनाएको छ ।