मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १० आइतबार ०८:४४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

स्प्राइटको ‘क्लियर रह’  नामक क्याम्पियन सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १० आइतबार ०८:४४:००

कोकाकोलाले आफ्नो उत्पादन स्प्राइटको ‘क्लियर रह’ नामक समर क्याम्पियन सुरु गरेको छ । कम्पनीले युवावर्गलाई स्प्राइटका साथ आफ्नो दिनको मुख्य क्षणमा रिसेट र रिफ्रेस गर्न प्रेरित गर्ने उद्देश्यले क्याम्पियन सुरु गरेको हो । 

यो अभियान जेनेरेसन जेड ग्रुपका युवाहरूका लागि लक्षित गरिएको कम्पनीले जनाएको छ । स्प्राइटले तत्काल आवश्यक रिफ्रेसमेन्ट प्रदान गर्ने हुनाले युवालाई मानसिक तथा शारीरिक रूपमा रिसेट गर्न मद्दत गर्ने कम्पनीको दाबी छ । त्यसैले उनीहरू सधैँ सुखी रहने र आफ्नो विचारलाई छर्लंग प्रस्तुत गर्ने कम्पनीले जनाएको छ ।  

कोकाकोलाका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले हामी नेपाली युवालाई जोड्ने मुख्य विशेषता इन्डिभिजुआलिटी र सेल्फ एक्सप्रेसन रहेको बताए । त्यसैले, एक आइकोनिक युवा ब्रान्ड र रिफ्रेसिङ टेस्ट प्रदान गर्ने स्प्राइटमा सबै गुणहरू समाहित रहेको उनको भनाइ छ । उनले भने, ‘यी अभियानका माध्यमबाट हामी युवाहरूलाई रिफ्रेस, रिसेट र फोकस रहन र आफूहरूलाई वास्तवमै महत्वपूर्ण के हो, त्यसमा केन्द्रित गर्न प्रोत्साहित गर्ने लक्ष्य राख्छौँ ।’

‘क्लियर रह’ अभियान स्प्राइटको विश्वव्यापी अभियान ‘लेट्स बी क्लियर’को एक हिस्सा रहेको कम्पनीले जनाएको छ । बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले स्प्राइट व्यस्त दिनहरूका लागि अल्टिमेट रिफ्रेसिङ ड्रिंंक्स भएको बताए ।

कम्पनीले उपभोक्ताहरूलाई रिसेट गराउनका लागि र उनीहरूको माइन्डसेटलाई रिफ्रेस गराउने प्रस्ताव राखेको उनको भनाइ छ । पाण्डेले भने, ‘हामी आशा गर्दछौँ कि हाम्रा सम्पूर्ण ग्राहकहरूले यस अभियानसँग सहकार्य गर्नेछन् र आ–आफ्नो रायमा सत्य र पारदर्शी रहन प्रेरित हुनेछन् ।’