१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका न्यूयोर्क
२०७८ श्रावण ९ शनिबार १५:०७:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

सिरियाको पछिल्लो अवस्थाप्रति संयुक्त राष्ट्रसंघ चिन्तित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, न्यूयोर्क
२०७८ श्रावण ९ शनिबार १५:०७:००

सिरियामा पछिल्लो समय बढ्दै गइरहेको हिंसाको अवस्थाप्रति संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ। संयुक्त राष्ट्रसंघका प्रवक्ताले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएका हुन्।

उनका अनुसार सिरियामा पछिल्लो समयमा हिंसा सुरु भएको छ। पछिल्लो समयमा सिरियाका उत्तरपश्चिमी क्षेत्रहरूमा हिंसात्मक हमला र आक्रमणका घटना बढेका छन्। यसबाट सिरियाली नागरिकको ज्यान गएको छ।

त्यहाँका बालबालिका र महिलाहरू पनि समस्यामा परेको देखिएको भन्दै संयुक्त राष्ट्रसंघले हिंसा रोक्नका लागि पहल गर्न सम्बद्ध सबैसँग आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसका सहायक प्रवक्ता फरहान हकले प्रकाशन गरेको विज्ञप्तिमा उत्तर पश्चिमी सिरियामा पछिल्ला हप्ताहरूमा मानिसहरूमाथि भएको हिंसाको निन्दासमेत गरिएको छ।

संयुक्त राष्ट्रसंघले यस्ता हिंसात्मक गतिविधिहरू तत्कालै रोक्न र त्यहाँ शान्ति सुरक्षाको अवस्था कायम गर्न माग गरेको छ । हिंसामा परी महिला र बालबालिकाको ज्यान गएको र ती स्थानको पछिल्लो अवस्था निकै नाजुक रहेको भन्दै त्यसप्रति सहायक प्रवक्ताले सबैको ध्यानकर्षण गराएका छन्। रासस