१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ श्रावण ९ शनिबार १४:५५:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

दोलखामा पहिलोपटक खुल्यो दुईतारे होटेल 

Read Time : < 1 मिनेट
२०७८ श्रावण ९ शनिबार १४:५५:००

पूर्वी पहाडी जिल्ला दोलखामा पहिलोपटक दुईतारे होटेल एम्ब्रोसिया सञ्चालनमा आएको छ । दोलखा सदरमुकाम चरिकोटस्थित सातदोबाटो चोकमा दुईतारे होटेल एम्ब्रोसिया सञ्चालनमा आएको हो ।

शनिबारदेखि सञ्चालनमा आएको होटेलको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले एक समारोहबीच उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ढकालले कोरोना महामारीको असरका कारण मुलुकको पर्यटन व्यवसायसँगै अधिकांश उद्योगी व्यवसायीहरू थलिएको भन्दै राहतका कार्यक्रम ल्याउन सरकारसँग माग गरेका छन् । उपाध्यक्ष ढकालले दोलखालाई पर्यटकीय गन्तव्य बनाउन निजीक्षेत्रको तर्फबाट आवश्यक पहल गर्नेसमेत प्रतिबद्धता जनाएका छन्।

होटल एम्ब्रोसिया सदरमुकाम चरिकोटस्थित सातदोबाटो चोकमा रहेको अदिती कम्प्लेक्सको छैटाैँ, सातौँ र आठौँ तलामा छ। होटेल सञ्चालक दिनेश बस्नेतका अनुसार एम्ब्रोसियामा डिलक्स र स्विट गरी ३५ वटा रुम छन्। अन्डरग्राउन्ड पार्किङदेखि स्टार होटेलमा हुने सबै किसिमका सेवा–सुविधा रहेको सञ्चालक बस्नेत बताउँछन्।

होटेल एम्ब्रोसियालाई पर्यटन बोर्डले दुईतारे होटेल सञ्चालन अनुमति दिइसकेको जनाइएको छ। भवनबाहेक होटेल निर्माण गर्दा झन्डै १५ करोड लगानी भएको सञ्चालक बस्नेतको भनाइ छ । होटेल उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा कार्यकारिणी सदस्यहरू, दोलखाका जनप्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।