Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
गणेश लम्साल विराटनगर
२०७८ श्रावण ९ शनिबार १०:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अमेरिकन डलर र भारतीय रुपैयाँसहित दुई भारतीय पक्राउ

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ श्रावण ९ शनिबार १०:४९:००

अवैध ओसारपसार गर्दै गरेको अमेरिकन डलर र भारतीय रुपैयाँसहित दुईजना भारतीय पक्राउ परेका छन् । विराटनगर १७ स्थित मटेरुवा नाकाबाट  शुक्रबार  प्रहरीले अमेरिकन डलर र भारतीय रुपैयाँसहित दुईजना भारतीयलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश राज्यको लखन उमहानगरका ३४ वर्षीय अतुलकुमार र ३५ वर्षीय सन्दीपसिंह राय  छन् ।उनीहरूको साथबाट भारतीय नोट पाँच सयको दुई सय थान,  र सन्दीपसिंह रोयको साथबाट पाँच सयको भारतीय नोट दुई सय १७ थान, अमेरिकन नोट एक सयको  २१ थान, २० को पाँच थान, १० को एक थान  र एकको चार थान बरामद गरेको  प्रहरीले जनाएको छ । 

पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय इटहरीमा बुझाएको मोरङ प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार अवैध कारोबार गर्नेहरूले यसरी हुन्डीमार्फत रकम ओसारपसार गर्ने गर्दछन् ।