मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ भदौ २ बुधबार
  • Wednesday, 18 August, 2021
नयाँ पत्रिका काठमाडाैं
२०७८ श्रावण ८ शुक्रबार १९:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्न सिंगो पार्टीपंक्तिलाई पौडेलको आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ श्रावण ८ शुक्रबार १९:३०:००

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आसन्न १४औँ महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने काममा कटिबद्ध भएर लाग्न सिंगो पार्टीपंक्तिलाई आह्वान गरेका छन् ।  भदौ १६–१९ भित्र महाधिवेशन सम्पन्न नगरे पार्टीको वैधानिकता खारेजतर्फ सचेत गराउँदै उनले त्यसमा कटिबद्ध भएर लाग्न पार्टीपंक्तिलाई अनुरोध गरेका हुन् ।

पार्टीका केन्द्रीय सदस्य गुरु घिमिरेद्वारा लिखित कवितासंग्रह ‘मृत्युसँगको साक्षात्कार’को विमोचन गर्दै उनले समयमै महाधिवेशन सम्पन्न गरेर पार्टीको वैधानिकता जोगाउन पार्टीको केन्द्रीय कार्यसमितिको निर्वाचन र प्रदेश समितिको मात्रैै निर्वाचन गराउन उपयुक्त हुने प्रस्तावसमेत अघि सारे ।

पार्टीको वैधानिकतालाई जोगाउन यसो गरेर अघि बढ्नु बाध्यकारी अवस्था रहेको वरिष्ठ नेता पौैडलको तर्क थियो । ‘हामी यत्रो ठूलो गौरवशाली पार्टीको दर्ता खारेज हुने रिस्क मोल्न तयार छैनौँ । पार्टीको वैधानिकतालाई जोगाउनका लागि केन्द्रीय समितिको निर्वाचन र प्रदेश समितिको निर्वाचन गराऔँ । यसका लागि तत्काल यो क्रियाशील सदस्यता टुंगो लगाऔँ । महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि चुनिनुपर्‍याे । यसो गरेर भए पनि हाम्रो पार्टीको वैधानिकता बचाउनका लागि कटिबद्ध भएर लाग्न पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्दछु ।’

वरिष्ठ नेता पौडेलले शुक्रबार (आज) बिहान बसेको पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी बैैठकमा सभापति शेरबहादुर देउवा र आफूले समेत तोकिएकै मितिमा पार्टीको १४औँ महाधिवेशन सम्पन्न गरेर जानुपर्नेमा जोड दिएको पनि स्मरण गराए ।  त्यसका लागि केन्द्रीय कार्यसमिति र प्रदेश निर्वाचन समितिको मात्रै निर्वाचन गरेर महाधिवेशन सम्पन्न गर्न सकिने उनको प्रस्ताव छ । फरक प्रसंगमा वरिष्ठ नेता पौडेलले राजनीति र साहित्यलाई सँगैै अघि बढाएर सफलता प्राप्त गर्न निकै ठूलो साधनाको आवश्यकता रहेको पनि बताए ।