Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ श्रावण ७ बिहीबार १२:५०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाढीको कहर : विद्यालय जोगाउन तटबन्ध निर्माण  

Read Time : < 1 मिनेट
२०७८ श्रावण ७ बिहीबार १२:५०:००

मनाङको सदरमुकाम चामेमा रहेको लोकप्रिय माविलाई बाढीबाट जोगाउन तटबन्ध निर्माण  गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय  बिहीबार बिहानदेखि तटबन्ध निर्माणमा जुटेको सशस्त्र प्रहरी बल नम्बर ३२ गुल्म मनाङका प्रमुख डिएसपी होमनाथ पन्थीले बताए ।

उनले भने, ‘मर्स्याङ्दी नदीको बहावलाई फर्काउन तटबन्ध निर्माण थालिएको हो ।’ मर्स्याङ्दी नदीले  धार परिवर्तन गरेपछि  लोकप्रिय माविको तीनवटा भवन बगाएको छ भने बाँकी रहेको भवनमा पनि कटान गरेको विद्यालयका शिक्षक सुरेश थापाले बताए ।

मनाङमा असार १ गतेदेखि निरन्तर आएको बाढीले  जनजीवन कष्टकर बनाएको छ । बाढीका कारण ४० दिनदेखि बिजुली आपूर्ति ठप्प भएको छ । बाढीले सडक र पुलसमेत बगाएपछि आवतजावतमा समस्या परेको स्थानीय अस्मिता गुरुङले बताइन् ।