Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी बेइजिङ
२०७८ श्रावण ६ बुधबार १७:४८:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारी वर्षापछिको बाढीले चीनमा २५ जनाको मृत्यु

Read Time : < 1 मिनेट
एजेन्सी बेइजिङ
२०७८ श्रावण ६ बुधबार १७:४८:००

चीनमा भारी वर्षापछि आएको बाढीमा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ। आइतबारदेखि परेको वर्षाका कारण यहाँको हेनन प्रान्तमा कम्तीमा २५ जनाको मृत्यु भएको र सातजना अझै हराइरहेका ग्लोबल टाइम्सले जनाएको छ।

बाढीका कारण यस प्रान्तमा १२ लाखभन्दा धेरै मानिस प्रभावित भएका छन्। एक लाख ६० हजारभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको र उद्धारकार्य जारी रहेको समाचारमा जनाइएको छ। जेङ्जौ सहरमा मात्र ३६ हजारभन्दा बढी मानिस अति प्रभावित भएका छन्।

मुसलधारे वर्षापछि आएको बाढी–पहिरोले घर तथा सडकहरूमा क्षति पुगेकोे छ। यातायात र सञ्चारमा अवरोध आएको छ भने अधिकांश व्यवसाय बन्द भएका छन्। दैनिक ६ सयभन्दा धेरै रेल आवतजावत गर्ने जेङ्जौ इस्ट रेल्वे स्टेसन तथा रेलमार्ग जलमग्न भएका छन्।

मंगलबारदेखि बुधबार बिहानसम्म हेनन प्रान्तमा दुई सय ५० देखि तीन सय ५० मिलिमिटर र जेङ्जौ प्रान्तमा पाँच सयदेखि ६ सय ५७ मिलिमिटर वर्षा मापन गरिएको समाचारमा उल्लेख छ।