१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ श्रावण ६ बुधबार १५:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेतालाई हाेइन गरिब जनतालाई निःशुल्क उपचार गरौँ : कांग्रेस नेता गुरुङ

Read Time : < 1 मिनेट
२०७८ श्रावण ६ बुधबार १५:१७:००

नेपाली कांग्रेसका केन्द्रीय सदस्य युवा नेता धनराज गुरुङले सरकारले नेतालाई भन्दा गरिब जनतालाई निःशुल्क उपचार गर्नमा जोड दिनुपर्ने बताए । ३९औँ बिपी स्मृति दिवसको अवसरमा बिपी अध्ययन प्रतिष्ठान केन्द्र बाग्लुङले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेता गुरुङले अहिलेको परिस्थितिमा सरकारले जनताको स्वास्थ्यप्रति चासो राख्नुपर्ने बताए ।  

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनालको स्वास्थ्य उपचार खर्च सरकारले व्यहोर्ने निर्णयप्रति लक्षित गर्दै गुरुङलेले विशिष्ट व्यक्तिहरूको उपचारको नाममा राज्यकोषको रकम दुरुपयोग गर्न नहुने बताए । उनले विशिष्ट व्यक्तिहरूको उपचारका नाममा केन्द्र, प्रदेश र स्थानीय तह कसैले पनि पहुँचको आधारमा सरकारी रकमलाई दुरुपयोग नगर्न सुझाबसमेत दिएका थिए । 

गुरुङले विदेशमा उपचाररत गराएका कुनै पनि व्यक्तिलाई राज्यकोषको रकम खर्च गर्न नहुने बताए । अहिले बनेको सरकारले पूरक बजेट ल्याएर सात सय ५३ वटै स्थानीय तहमा स्वास्थ्य उपचार कोषको व्यवस्थापन गरी जनताको पक्षमा काम गर्नुपर्ने बताए । ‘सरकारले पहिलो प्राथमिकता कोरोना महामारीविरुद्ध नै राखेको छ । त्यो एकदमै उपयुक्त छ,’ नेता गुरुङले भने, ‘प्रधानमन्त्रीका तीनवटै प्राथमिकता जनताका लागि खोप नै हुन्, त्यो कामलाई सरकारले पहिलो प्राथमिकता दिनुपर्दछ, जनताको निःशुल्क उपचारका लागि सरकारले उचित कोषको व्यवस्थापन गरेमा जनतालाई सरकार हाम्रो पक्षमा छ भन्ने हुने थियो ।’  

कांग्रेसको सरकार जनताले चाहेर आएको र जिम्मेवारी पनि बढी भएको हुँदा जनताकै पक्षमा काम गर्न जरुरी रहेको बताए । सरकारले सबै क्षेत्रलाई समेटेर काम गर्नुपर्ने र भ्रष्टचारको अन्त्यका लागि लाग्नुपर्ने उनको भनाइ थियो ।