मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण १० शुक्रबार ०६:२९:००
Read Time : < 1 मिनेट
समाचार

भूकम्पपछि जस्तापाताले रंगिए ग्रामीण बस्ती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण १० शुक्रबार ०६:२९:००

भूकम्पपछि पुनर्निर्माण भएका लमजुङका अधिकांश ग्रामीण बस्तीका घर जस्तापाताका छानाले रंगिएका छन् । भूकम्पअघि खरले छाएका घरका ठाउँ रंगीन जस्तापाताले लिएका छन् । झट्ट हेर्दा ग्रामीण बस्तीको मुहार फेरिएजस्तो देखिए पनि स्थानीयको आर्थिक अवस्थामा भने खासै परिवर्तन भएको छैन । 

दुधपोखरी गाउँपालिका–२ का अध्यक्ष गोविन्द दवाडीका अनुसार पुनर्निर्माणमा संलग्न प्राविधिकले घरको छाना हलुका बनाउन जोड दिँदा पनि यो अवस्था आएको हो । प्राविधिकहरूले ढुंगा र टायलको छाना हाल्दा घरको नक्सा पास नगर्ने भएकाले अधिकांशले जस्तापाता रोजेको उनले बताए । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुदानमा बनेका सबैजसो घरका छाना रंगीन बनेको जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डेले बताए । भूकम्पपछि गाउँमा बनेका सबै घर एकैनासका छन् । अधिकांशका दुईकोठे छन् ।