मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ श्रावण ५ मंगलबार १५:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्वास्थ्य मापदण्डलाई पालना गरी बकर इद मनाउन उपराष्ट्रपतिको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ श्रावण ५ मंगलबार १५:०९:००

उपराष्ट्रपति  नन्दबहादुर पुन ‘पासाङ’ले कोरोना जोखिम कायम रहेकाले स्वास्थ्य मापदण्ड पालना गरी इद–उल–अजाह (बकर–इद)मनाउन आग्रह गरेका छन् ।

मंगलबार प्रेस विज्ञप्ति जारी गरेर उपराष्ट्रपतिले इस्लाम धर्मावलम्बी नेपालीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । 

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण धर्मनिरपेक्ष मुलुक  भएकाले  विभिन्न समुदायका चाडबाड, रीतिरिवाज, धर्म, संस्कार र संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै आएको उनले बताए ।