मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मोहन विष्ट कञ्चनपुर
२०७८ श्रावण ५ मंगलबार १३:२३:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

कञ्चनपुरमा लक्ष्यभन्दा कम राजस्व संकलन, लक्ष्य घटाए मात्रै भन्सार राजस्व पूरा हुने 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७८ श्रावण ५ मंगलबार १३:२३:००

कञ्चनपुर भन्सार कार्यालयमा लगातार दुई वर्ष लक्ष्यभन्दा कम राजस्व संकलन भएको छ । आर्थिक वर्ष ०७५/७६ र ०७६/७७ मा लक्ष्यअनुरूप भन्सार राजस्व संकलन हुन नसकेपछि भन्सार विभागले कञ्चनपुर भन्सार कार्यालयको गत आर्थिक वर्ष ०७७/७८ मा लक्ष्य घटाएको थियो । आर्थिक वर्ष ०७५/७६ मा ४० करोड १२ लाख ८४ हजार रुपैयाँ भन्सार राजस्व संकलन गर्ने लक्ष्य थियो, जसमध्ये सो आर्थिक वर्ष ३६ करोड ६७ लाख ८८ हजार मात्रै राजस्व संकलन भयो । लक्ष्यभन्दा ३ करोड ४४ लाख ९६ हजार कम राजस्व संकलन भयो, सो आर्थिक वर्ष ९१.४० प्रतिशत मात्रै लक्ष्य प्राप्त भएको छ । 

आर्थिक वर्ष ०७६/७७ मा पनि लक्ष्यभन्दा कम भन्सार राजस्व संकलन भएको छ । ४८ करोड ६८ लाख ७५ हजार लक्ष्य लिएको उक्त आर्थिक वर्षमा लक्ष्यभन्दा झन्डै आधा २६ करोड  २८ लाख ९३ हजार मात्रै राजस्व संकलन भएको छ । २२ करोड ३९ लाख ८२ हजार कम राजस्व संकलन भएको छ । उक्त आर्थिक वर्षमा ५४ प्रतिशत मात्रै लक्ष्य पूरा भएको पाइन्छ । 

लगातार दुई आर्थिक वर्षमा भन्सार लक्ष्यअनुरूप कञ्चनपुर भन्सार कार्यालयले राजस्व संकलन गर्न नसकेपछि भन्सार विभागले गत आर्थिक वर्ष ०७७/७८ मा गत आर्थिक ०७६/७७ मा १३ करोड र अघिल्लो आर्थिक वर्ष ०७५/७६ मा ५ करोड बढी राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, गत आर्थिक वर्ष ०७७/७८ मा दुई वर्ष अघिल्ला आर्थिक वर्षभन्दा लक्ष्य घटाएको थियो । लक्ष्य घटाएर मात्रै गत आर्थिक वर्षमा भन्सार राजस्व संकलन भएको छ । लक्ष्यभन्दा झन्डै १ करोड ७१ लख ३५ हजार बढी राजस्व संकलन भएको छ ।

हरेक वर्ष राजस्व लक्ष्य र असुली वृद्धि हुनुपर्ने भए पनि आव ०७५/७६ मा संकलन भएको ३६ करोड ६७ लाख ८८ हजारकै हाराहारीमा राजस्व संकलन भएको छ । गत आर्थिक वर्षमा ३५ करोड ६७ करोड ८८ लाख लक्ष्य लक्ष्यमा ३७ करोड ३९ लाख २३ हजार राजस्व संकलन भएको छ । लक्ष्यभन्दा ४ प्रतिशत वृद्धि भएको छ । गत वर्ष एक सय ४ प्रतिशत राजस्व संकलन भएको छ । 

जडीबुडी, हस्तकलाका वस्तु तथा सेवा निर्यात हुने र दैनिक उपभोग्यका वस्तु तथा सेवा आयात हुने गरेका छन् । निर्यातभन्दा आयात बढी रहेको छ । भन्सार कार्यालयको तथ्यांकअनुसार लत्ताकपडा, महिला तथा किशोरीका कपडा, खेलकुद सामग्री, इलेक्ट्रोनिक सामग्री हार्डवेयरका सामान, चिनी, घरसायी सामग्री, फलफूल तरकारीलगायतका सामग्री आयात भएका छन् । 

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले दुई वर्ष कोरोनाका कारण नाका नियमित सञ्चालन हुन नसक्दा आर्थिक गतिविधि घट्दा र छोटी भन्सार सञ्चालनमा नआउँदा भन्सार राजस्वमा कमी आएको बताए ।