१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ श्रावण ५ मंगलबार १३:०५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाढीको उच्च जोखिममा महोत्तरीका दर्जन बस्ती, टुट्दै तटबन्ध र सडक   

Read Time : < 1 मिनेट
२०७८ श्रावण ५ मंगलबार १३:०५:००

निरन्तरको वर्षाले महोत्तरीका दर्जन बस्ती बाढीको उच्च जोखिममा परेका छन् । महोत्तरीस्थित मुख्य नदीहरू रातु, विग्ही, जंघा, बाँके र मरहामा चुरे तथा मधेस क्षेत्रमा भइरहेको निरन्तर वर्षाले पानीको सतह बढ्न थालेपछि बस्तीहरू उच्च जोखिममा परेका हुन् । 

निरन्तरको वर्षाले गत वर्षसमेत भत्केको तटबन्धहरूले बस्तीमै पानी पस्ने सम्भावना रहेको र यसै वर्षको वर्षाले समेत विभिन्न स्थानमा तटबन्धहरू भत्किन थालेपछि खतरा बढेको हो । यता रातु नदीकै छेउमा रहेको हुलाकी सडकको बल्वा नगरपालिका– १ बन्चौरी सडकखण्डस्थित पुलको माटो र छेकबार कटान भएकोमा सडक नै बन्द हुने अवस्थामा पुगेको छ । 

नदीको माथिल्लो भेगमा चौडाइ अत्यधिक भए पनि तल्लो क्षेत्रमा नदीहरू साँघुरिएकोले पानीको वेग र घनत्व बढ्न गई तल्लो क्षेत्रको नदीस्थित तटबन्धहरूमाथि दबाब परेको र अधिकांश कमजोर रहेका तटबन्धहरू तोड्न सक्ने सम्भावना रहेकाले बस्तीहरू उच्च जोखिममा रहेको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए । 

उनी साेमबार रातु, जंघा र विग्ही नदीका विभिन्न जोखिम भएका क्षेत्रहरू निरीक्षण गर्न तटबन्धमै पुगेका थिए । उनले बल्वा नगरपालिकाको वडा नं. १, ३ र ४ का बन्चौरी, तिलगढ, धमौरालगायतको क्षेत्रस्थित तटबन्ध निरीक्षण गरे । उक्त तटबन्धहरू टुटे तिलगढ, बन्चौरी, बदिया, गोरगामा र गोनरपुरालगायतका विभिन्न बस्ती डुबानमा पर्नेछ ।