Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
श्रवण थापा सर्लाही
२०७८ श्रावण ५ मंगलबार १०:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

करेन्ट लागेर पुजारीको मृत्यु

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७८ श्रावण ५ मंगलबार १०:१९:००

सर्लाहीको बसवरियामा करेन्ट लागेर एक पुजारीको मृत्यु भएको छ । बसवरिया गाउँपालिका– ६, सोहडवास्थित राम जानकी मन्दिरका पुजारी अन्दाजी ६० वर्षीय किशोरी दास बैरागीको करेन्ट लागेर मृत्यु भएको हो ।  मन्दिरको बरन्डामा भजनकीर्तनका लागि माइकमा तार जोड्ने क्रममा उनलाई करेन्ट लागेको प्रत्यक्षदर्शीको भनाइ छ ।

करेन्ट लागेलगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । पुजारी दासको घटनास्थमै ज्यान गएको प्रहरीले जनाएको छ । उनको शव आफन्तको जिम्मा लगाइएको छ । जिल्लाको विष्णु गाउँपालिका– ८, बक्रौल घर भएका दास विगत ४५ वर्षदेखि उक्त मन्दिरमा पुजारीको रूपमा रहँदै आएका थिए ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।