मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ श्रावण ५ मंगलबार १०:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोटेश्वरमा प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवबीच छुट्टाछुटै भेट

Read Time : < 1 मिनेट
२०७८ श्रावण ५ मंगलबार १०:०१:००

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। नेपाललाई भेट्न प्रचण्ड आज बिहान नेपालनिवास कोटेश्वर पुगेका थिए।

प्रचण्डलगत्तै नेपाललाई भेट्न जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव कोटेश्वर पुगेका छन्। बेग्लाबेग्लै भएको भेटमा सरकार सञ्चालन, सरकारमा सहभागितालगायतका विषयमा कुराकानी भएको जनाइएको छ।

नेपाल पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको थियो। देउवालाई विश्वासको मत दिएको जसपा पनि सरकारमा सहभागी भइसकेको छैन। जसपाको आधिकारिकता विवाद कायमै छ।  विश्वासको मत दिएका २२ सांसदलाई एमाले केन्द्रीय कमिटीले २४ घन्टे स्पष्टीकरण सोधेको छ।