मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण ५ मंगलबार ०७:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

स्वास्थ्य मन्त्रालयले पायो  प्राविधिक सचिव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण ५ मंगलबार ०७:४९:००

लामो समयपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राविधिक सचिव पाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यमा प्राविधिक सचिव नियुक्त गरेको हो । २४ मंसिर ०७५ मा स्वास्थ्यमा प्राविधिक सचिव केदारबहादुर अधिकारी सरुवा भएर आएका थिए । त्यसयता नियमित स्वास्थ्यमा प्रशासनको सचिव मात्रै रहँदै आएको थियो ।

सोमबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सेवातर्फको सचिवमा डा. रोशन पोखरेललाई नियुक्त गरेको हो । उनी मन्त्रालयमा सबैभन्दा सिनियर स्वास्थ्यकर्मी हुन् । सचिव नियुक्तिका लागि सोमबार बिहान बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका १२ औँ तहका प्रमुख विशेषज्ञहरू डा.रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको थियो ।

स्वास्थ्य मन्त्रालयमा २१ पुस ०७६ देखि स्वास्थ्य सेवातर्फको सचिव पद पूर्णरूपमा रिक्त छ । त्यसयता सातजना प्रशासनतर्फका सचिव परिवर्तन भएका छन् । २१ पुस ०७६ मा स्वास्थ्य सचिव डा.पुष्पा चौधरीले दिएको राजीनामा स्वीकृत भएपछि स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवातर्फको सचिव पद रिक्त थियो ।

सरकारले स्वास्थ्य सचिव रहेकी चौधरीलाई प्रधानमन्त्री कार्यालय तानेर अधिकारीलाई स्वास्थ्यमा पठाएको थियो । स्वास्थ्य सेवाकी सचिव चौधरीले दरबन्दी नै नभएको ठाउँमा तानिएको भन्दै सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेकी थिइन् ।