मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ श्रावण ४ सोमबार १८:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विकृति र बेथितिको अन्त्य चाहने हो भने राप्रपा रोज्नुस् : कमल थापा 

Read Time : < 1 मिनेट
२०७८ श्रावण ४ सोमबार १८:०६:००

राप्रपा अध्यक्ष कमल थापाले मुलुकमा व्याप्त विकृति र बेथितिको अन्त्य चाहने हो भने अब जनताको रोजाइ राप्रपा हुनुपर्ने बताएका छन् । मकवानपुरको बकैया गाउँपालिका– ४ जुरेलीमा सोमबार आयोजित अगुवा कार्यकर्ता भेटघाटमा थापाले निष्ठा र सिद्धान्तको राजनीति कमजोर भएर गएकोमा चिन्ता व्यक्त गरे ।

स्थानीय तहको निर्वाचनको तयारी तीव्र पार्न कार्यकर्तालाई निर्देशन दिँदै थापाले संगठन सुदृढीकरण र सक्रिय सदस्यता वितरण अभियान र जनताको सुखदुःखमा साथै रहने कामलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरे । 

उनले कांग्रेस र कम्युनिस्टको असफलता, भ्रष्टाचार र कुशासनको भण्डाफोर गर्दै जनताको माझमा जानुपर्ने आवश्यकता औँल्याए । थापाले जनताले विकल्प खोजेको भन्दै राम्रो विकल्प राप्रपा बनाउन सक्रियतापूर्वक काम गर्नुपर्नेमा जोड दिए । 

महाधिवेशनपछि पार्टीलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सबैले उच्च मनोबलका साथ काम गर्नुपर्ने थापाको भनाइ छ । कार्यक्रममा राप्रपा कार्यसम्पादन समितिका सदस्य राजाराम बर्तौला, मकवानपुर अध्यक्ष गुरुप्रसाद सापकोटा, जिल्ला सदस्य अर्जुन तिमिल्सिना बकैया गाउँ कमिटी अध्यक्ष राजाराम अर्याल, महिला नेतृ लक्ष्मी जिम्बा, गोवद्र्धन गौतमलगायतको उपस्थिति थियो ।