१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ श्रावण ४ सोमबार १८:०५:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

ट्रम्पको आरोप– वाइडेनका कारण खोप लगाउने दर घट्यो

Read Time : < 1 मिनेट
२०७८ श्रावण ४ सोमबार १८:०५:००

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जो वाइडेन प्रशासन र मूलधारका सञ्चारगृहका कारण अमेरिकामा खोप लगाउनेको दर घटेको आरोप लगाएका छन्। 

आफ्नो निजी वेबसाइट ‘सेभ अमेरिका’मा एक विज्ञप्ति जारी गर्दै ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनको नतिजा र सञ्चारमाध्यमप्रतिको अविश्वासका कारण खोप लगाउनेको दर घटेको दाबी गरेका हुन्।

‘खोप वितरणमा आफूले निकै राम्रो काम गरेको भनी जो वाइडेनले प्रचारबाजी गरिरहेका छन्, जसको विकास अपरेसन वार्प स्पिड अर्थात् ट्रम्प प्रशासनले गरेको हो,’ उनले लेखेका छन्, ‘उनले सन्तोषजनक काम गरिरहेका छैनन्। उनी निर्धारित कार्यतालिकाभन्दा निकै पछि परेका छन्।’ 

निर्वाचनको नतिजाको विषयमा सत्य समाचार प्रेषित गर्न इन्कार गरेकाले सञ्चारमाध्यमहरूप्रति पनि अमेरिकी नागरिकको अविश्वास बढेको ट्रम्पको दाबी छ।

पछिल्ला केही सातायता अमेरिकामा खाप लगाउनेको संख्यामा कमी आएको डेली मेलले जनाएको छ। गत अप्रिलमा दैनिक ३३ लाख बढीले खोप लगाएकामा हाल यो संख्या पाँच लाख २० हजारमा सीमित भएको छ।

स्वतन्त्रता दिवससम्म ७० प्रतिशत अमेरिकी युवालाई खोप लगाइसक्ने वाइडेन प्रशासनको लक्ष्य मात्र तीन प्रतिशतले पूरा नभएको यहाँको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ।

राष्ट्रपति वाइडेनले अपरेसन वार्प स्पिडमार्फत खोपको विकासमा सहयोग गरेका ट्रम्पलाई यसको श्रेय नदिएको भन्दै ट्रम्प र कन्जर्भेटिभ पार्टीनिकटका सञ्चारमाध्यमले बाइडेनको आलोचना गर्दै आएका छन्।