मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ श्रावण १७ आइतबार
  • Sunday, 01 August, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण ३ आइतबार १५:१८:००
Read Time : < 1 मिनेट
समाचार

जसपा ठाकुर समूहबाट ओली सरकारमा मन्त्री बनेकी गुरुङ पनि यादव पक्षमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण ३ आइतबार १५:१८:००

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठकुर पक्षबाट केपी ओली सरकारमा मन्त्री बनेकी रेनुका गुरुङले कित्ता परिवर्तन गरेकी छिन्।  गुरुङ ओली सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री बनेकी थिइन्। उनी उपेन्द्र यादव- बाबुराम भट्टराई पक्षले बोलाएको संसदीय दलको बैठकमा सहभागी भएकी हुन्। 

यसअघि ठाकुर पक्षका पाँच सांसद उपेन्द्र यादव पक्षको संसदीय दलको बैठकमा सहभागी भएका थिए।  शनिबार पार्टी कार्यालय बालकुमारीमा बसेको जसपा संसदीय दलको अनौपचारिक बैठकमा ठाकुर पक्ष छोडेर प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल, नरमाया ढकाल र रुहिनाज सहभागी भएका थिए। उनीहरूसँगै गुरुङ पनि थपिएकी हुन्। उनीहरू आफ्नो पक्षमा आएपछि संसदीय दलमा बहुमत पुगेको उपेन्द्र-बाबुराम पक्षको दाबी छ।

ठाकुर पक्ष केपी ओली सरकारमा सहभागी भएपछि जसपामा विभाजनको सँघारमा पुगेको थियो। जसपा विवादबारे निर्वाचन आयोगले इजलास गठन गरेको छ। आजदेखि आयोगको इजलास सुरु भएको छ।