मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७८ श्रावण २ शनिबार १९:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश २ मा माओवादी केन्द्रका दुई मन्त्रीले लिए शपथ

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७८ श्रावण २ शनिबार १९:४९:००

प्रदेश २ मा माओवादी केन्द्रका दुई मन्त्रीले शपथ लिएका छन् । माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साह र प्रदेश सांसद रुबी कर्णले शनिबार शपथ लिएका हुन् । साह आन्तरिक मामिला तथा सञ्चारमन्त्री र कर्ण सोही मन्त्रालयको राज्यमन्त्री बनेका छन् । 

मुख्यमन्त्री लालबाबु राउतले साह र कर्णलाई नियुक्त गरेका हुन् । दुवैले शनिबारै शपथ लिएका छन् । साहलाई प्रदेश प्रमुख राजेश झाले शपथ गराएका छन् भने राज्यमन्त्री कर्णलाई मुख्यमन्त्री राउतले शपथ गराएका छन् । 

माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन जसपाबाट आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले शनिबार बिहान राजीनामा दिएका थिए ।

यसअघि जसपा राजनीतिक रूपमा विभाजित भएपछि उपेन्द्र यादव र राजेन्द्र महतो पक्षलाई बर्खास्त गरेर मुख्यमन्त्री राउतले कांग्रेसलाई सरकारमा सहभागी गराएका थिए ।