१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण २ शनिबार १८:११:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

८०१ जनाको परीक्षण गराउँदा संसद् सचिवालयका तीन कर्मचारीमा कोरोना पजिटिभ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण २ शनिबार १८:११:००

संघीय संसद्का तीन कर्मचारीमा कोरोना पजिटिभ देखिएको छ। आइतबारबाट संसद् बैठक सुरु हुने भएपछि शुक्रबार र शनिबार संघीय संसद् सचिवालयले सभामुख, सांसद, कर्मचारी, सुरक्षाकर्मी, स्वकीय सचिव, संसदीय मामिला पत्रकारहरूको एन्टिजेन परीक्षण गराएको थियो।

८०१ जनाको  एन्टिजेन परीक्षण गरिएकोमा तीनजना कर्मचारीको पजिटिभ र बाँकी सबैको नेगेटिभ आएको संसद् सचिवालयले बताएको छ । पजिटिभ आएकाहरूलाई पिसिआर गर्न पठाइएकोसमेत सचिवालयको भनाइ छ।