मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ श्रावण १७ आइतबार
  • Sunday, 01 August, 2021
नयाँ पत्रिका काठमाडाैं
२०७८ श्रावण २ शनिबार १३:४७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

१० बुँदे सहमति कार्यान्वयन गर्दै एकताबद्ध हुने एमाले नेताहरूको प्रतिबद्धता (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ श्रावण २ शनिबार १३:४७:००

नेकपा एमालेका नेताहरूले पार्टीलाई एकताबद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विघटित पार्टी एकता कार्यदलका सदस्यहरूले पार्टीलाई एकताबद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने निष्कर्ष निकालिएको प्रतिक्रिया दिएका हुन् ।

शनिबार बिहान सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले पार्टी एकताका लागि गठित कार्यदल जुटाएको १० बुँदे सहमति कार्यान्वयन गर्दै अघि बढ्ने निर्णय गरिएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।  

‘पार्टी एकताका लागि अनुमोदन गरिएको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अगाडि बढ्दा पार्टी एकताबद्ध बनाउन सकिन्छ । नेकपा एमाले एकताबद्ध हुँदा देशको कम्युनिस्ट आन्दोलनलाई, लोकतान्त्रिक आन्दोलनलाई र संविधानलाई सबल बनाउन सकिन्छ । सोही निष्कर्षका साथ सो १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अगाडि बढ्ने निष्कर्षमा पुगेका छौं । हामी सोही रूपमा अघि बढछौँ ।’

पार्टीलाई एकताबद्ध बनाउने आमपार्टी पंक्तिको चिन्ता र सरोकारलाई सम्बोधन गर्न स्थायी समितिका नेताहरूबीच अनौपचारिक छलफललाई अघि बढाइएको पार्टीका सचिव गोकर्ण विष्टले बताए । विघटित पार्टी एकता कार्यदलका सदस्यसमेत रहनुभएका उनले भने, ‘पार्टीका सबै नेता, कार्यकर्ताहरूको यति लामो योगदानबाट निर्मित पार्टीलाई एकताबद्ध बनाउन हामीले हाम्रा प्रयत्नहरूलाई केन्द्रित गर्नु स्वाभाविकै हो । हामीले आ–आफ्ना ठाउँबाट पार्टीलाई एकजुट बनाउनका लागि हाम्रा प्रयत्नहरूलाई जारी राख्नुपर्छ । पार्टी कार्यकर्तामा देखापरेको, अन्याेल र चिन्तालाई दूर गर्नका लागि फेरि पनि यो पार्टीलाई कुनै पनि सर्तमा जोगाउँछौँ, एकताबद्ध पार्छौं भन्ने सन्देशका लागि पनि अनौपचारिक रूपमा भेटघाट गर्ने काम स्वाभाविक छ ।’

शुुक्रबार बसेको एमाले स्थायी समिति बैठक र संसदीय दलको बैठकले पार्टी एकताका लागि गठित कार्यदलले तयार पारेको १० बुँदे सहमति अनुुमोदन गर्दै सिर्जनात्मक र रचनात्मक ढंगले त्यसलाई कार्यान्वयन गर्दै लैजाने निर्णय गरेको थियो । बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, शंकर पोखरेल र विष्णु रिमाल सहभागी थिए भने वरिष्ठ नेता माधवकुमार नेपालको पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण विष्ट, रघुजी पन्त सहभागी थिए ।