मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ श्रावण १७ आइतबार
  • Sunday, 01 August, 2021
नयाँ पत्रिका काठमाडाैं
२०७८ श्रावण १ शुक्रबार १९:२८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्वाेच्चको आदेशको विरोधमा एमालेले देशभर भण्डाफोर गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ श्रावण १ शुक्रबार १९:२८:००

नेकपा (एमाले)ले सर्वोच्च अदालतको आदेशको विरोधमा देशभर भण्डाफोर अभियान सञ्चालन गर्ने भएको छ । शुक्रबार संघीय संसद् भवनस्थित ल्होत्से हलमा बसेको नेकपा (एमाले)को संसदीय दलको बैठकले सर्वोच्च अदालतले मुलुकलाई निर्दलीय व्यवस्थातर्फ लैजाने गरी फैसला गरेको भन्दै त्यसका विरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतले संविधानको अपव्याख्या गरेर र दलीय व्यवस्थाको उपहास गरेर मुलुकलाई निर्दलीयतातर्फ लैजान खोजिएकाले संसदीय दलको बैठकले आपत्ति जनाएको प्रमुख सचेतक विशाल भट्टराईले बताए । 

सर्वोच्चको फैसलाको विरोधमा देशभर भण्डाफोर गर्ने निष्कर्ष निकालिएको उनले बताए । उनले भने, ‘सम्मानित सर्वोच्च अदालतको तर्फबाट संविधानको धारा–उपधाराको अपव्याख्या गरेर जसरी जनादेशलाई पूर्ण रूपमा इन्कार गरेर, लोकतन्त्रलाई उपहास गरेर दलीय व्यवस्थाको उपहास गरेर जसरी एउटा फैसला गरियो । निर्दलीय व्यवस्थातर्फ मुलुकलाई अग्रसर गराउने गरी जुन फैसला गरियो । त्यसप्रति हाम्रो यो बैठकले आपत्ति व्यक्त गरेको छ र यसलाई व्यापक रूपमा जनताका बीचमा भण्डाफोर गर्ने हामीले निष्कर्ष निकालेका छौँ । र, यसलाई हामी व्यापक रूपमा जनताका बीचमा पुर्‍याउनेछौँ ।’ बैठकले ओली नेतृत्वको सरकारले बाढीपहिरोपीडित घाइतेलाई निःशुल्क उपचार गर्ने घोषणा गरेको भन्दै वर्तमान सरकारसँग घाइतेको निःशुल्क उपचार गर्न माग पनि गरेको छ ।