Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ श्रावण १ शुक्रबार १९:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बृहत्तर राष्ट्रिय एकताको खाँचो : सभामुख

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ श्रावण १ शुक्रबार १९:३५:००

सभामुख अग्निप्रसाद सापकोटाले बृहत्तर राष्ट्रिय एकताको खाँचो रहेको बताएका छन् । आइतबारदेखि सुरु हुने संघीय संसद्को अधिवेशनको तयारीको सम्बन्धमा संघीय संसद् भवन नयाँ बानेश्वरमा निरीक्षणका लागि पुगेका सभामुख सापकोटाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै राजनीतिक दलहरूबीचमा बृहत्तर राष्ट्रिय एकता आवश्यक रहेको बताएका हुन् ।

उनले नेपालीको आत्मनिर्णयको अधिकार प्रयोग गरेर अगाडि बढ्न तथा संविधान जारी भएसँगै जनताले राखेकाे आशालाई विश्वासमा परिणत गर्नका लागि बृहत् राष्ट्रिय एकताको खाँचो रहेको उनले बताए । उनले भने, ‘अहिले समग्र स्थितिलाई हेर्दाखेरि, समग्र राष्ट्रिय परिस्थितिलाई विचार गर्दाखेरि फेरि पनि बृहत्तर राष्ट्रिय एकताको खाँचो छ । किनभने हामीले आफ्नो आत्मनिर्णयको अधिकार प्रयोग गर्दै अगाडि बढ्नका लागि अनि त्यसपछि जनताले जुन आशा गरेका थिए संविधान जारी भइसकेपछि ती सबै जनताको आशालाई विश्वासमा परिणत गर्नका लागि र हरेक हिसाबले बृहत् राष्ट्रिय एकताको खाँचो छ । त्यो बृहत् राष्ट्रिय एकता कायम गर्नका लागि मुख्यत पार्टीहरूको भूमिका हुन्छ ।’

उनले बृहत् राष्ट्रिय एकताको शक्तिशाली शन्देश दिने थलो प्रतिनिधिसभा भएको र प्रतिनिधिसभाबाट राष्ट्रिय एकताको सन्देश दिनुपर्ने पनि बताए । उनले भने, ‘बृहत् राष्ट्रिय एकताको शक्तिशाली सन्देश दिने थलोचाहिँ प्रतिनिधिसभा हो । यहाँबाट त्यो सन्देश दिनुपर्छ भन्ने मेरो मत छ ।’  सभामुख सापकोटाले राष्ट्रिय एकता कायम गर्न आफूले इमानदारीपूर्वक र निष्ठाका साथ समन्वय गर्ने पनि बताए । उनले  संसद् बैठक व्यवस्थित ढंगले गर्ने पनि बताए ।