१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ श्रावण १ शुक्रबार १४:५७:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सिभिल बैंकले ल्यायो दुई नयाँ निक्षेप योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ श्रावण १ शुक्रबार १४:५७:००

सिभिल बैंकले दुई नयाँ निक्षेप योजना ल्याएको  छ । बैंकले  सर्वाधिक ब्याजदर उपलब्ध गराउने उद्देश्यले  सुपर प्रिमियम बचत खाता र खुत्रुके खाता (रिकरिङ डिपोजिट)ल्याएको छ ।

न्यूनतम मौज्दात रु. २५,००० रहेको ‘सुपर प्रिमियम बचत खाता’मा बैंकले वार्षिक ६.०१ प्रतिशतको सर्वाधिक ब्याजदरसहित ‘मेटलाइफ’ सँगको सहकार्यमा ६ वटा घातक रोगहरू (मेजर क्यान्सर, मेजर स्ट्रोक्स, पहिलो हृदयाघात, पल्मनरी हाइपरटेन्सन, हार्ट भल्भ सर्जरी तथा कोरोनरी आर्टेरी डिजिज)को रु. दुई लाखसम्मको निःशुल्क औषोधपचार बिमा सुविधा प्रदान गर्नेछ । साथै निःशुल्क मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटिएम कार्ड, एसएमएस बैंकिङ सेवा पनि प्रदान गर्नेछ ।

त्यसैगरी खुत्रुके खाता (रिकरिङ डिपोजिट)मा अन्य बैंकहरूले प्रदान गरिरहेको रिकरिङ डिपोजिटहरूमा जस्तै सर्त तथा बन्देजहरू नराखी बचत गर्न चाहने ग्राहकले दुई वर्षदेखि दश वर्षसम्मको अवधि चयन गरेर मासिक न्यूनतम रु. पाँच सयदेखि माथि सञ्चय गर्दै जान सकिने व्यवस्था बैंकले गरेको छ ।