मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ श्रावण १७ आइतबार
  • Sunday, 01 August, 2021
एजेन्सी
२०७८ श्रावण १ शुक्रबार ११:५८:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आधा तलब घटाएर पनि मेसी बार्सिलोनामै रहने

Read Time : > 1 मिनेट
एजेन्सी
२०७८ श्रावण १ शुक्रबार ११:५८:००

लियोनल मेसी आफ्नो तलब घटाएर पनि बार्सिलोनामै रहने भएका छन् । उनले सन् २०२६ सम्म बार्सिलोनामै रहने गरी सम्झौता गरेका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार गत वर्षको तुलनामा मेसीको आधा तलब घट्नेछ ।

क्लबसँग मेसीको पुरानो सम्झौता हालै समाप्त भएको थियो । कोपा अमेरिका फुटबल प्रतियोगितामा सहभागी भइरहेको समयमा (३० जुन) बार्सिलोनासँगको उनको सम्झौता समाप्त भएको थियो । क्लबसँगको सम्झौता समाप्त भए पनि नयाँ सम्झौता नभएपछि मेसीको आगामी यात्रालाई लिएर धेरै अड्कलबाजी भएका थिए । 

राष्ट्रिय टोलीबाट पहिलो उपाधिका रूपमा कोपा अमेरिका २०२१ को उपाधि जितेपछि उनी अहिले बिदामा छन् । बिदाकै बीच उनले क्लबसँग नयाँ सम्झौता गरेका हुन् । सम्झौताबारे अन्य विषय भने अझै टुंग्याउन बाँकी रहेको जनाइएको छ । उनी बिदाबाट फर्किएपछि सम्झौताको बाँकी विषय टुंगो लगाइनेछ ।

स्पेनिस सञ्चारमाध्यमहरूले जनाएअनुसार सम्झौतामा एउटा ‘ब्रेक क्लज’ राखिनेछ, त्यसअनुसार उनले चाहेको अवस्थामा दुई वर्षपछि क्लब छाड्न सक्नेछन् ।बार्सिलोनामा जुआन लापोर्ता अध्यक्ष नियुक्त भएपछि उनले मेसीसँगको नयाँ सम्झौतालाई मुख्य एजेन्डा बनाउँदै आइरहेका थिए । त्यसका लागि उनले धेरै प्रयास गरे । बार्सिलोनाले खेलाडीको तलबका लागि व्यहोर्दै आएको भारलाई कम गर्न आप्mना फर्वाड एन्टोइन ग्रिजमान दिएर एट्लेटिको म्याड्रिडबाट मिडफिल्डर सउल निगुइजलाई भित्र्याउने प्रयासमा देखिएको छ ।

मेसीको सम्झौता निश्चित भए पनि यसको आधिकारिक घोषणाका लागि भने अझै केही समय कुर्नुपर्ने भएको छ । स्पेनिस फुटबल संघले क्लबहरूलाई आप्mनो खेलाडीलाई अनुबन्ध गर्दाको खर्च सार्वजनिक गर्न निर्देशन दिएको छ । मेसीसँगको सम्झौता अझै वकिलहरूले थप छलफल गरी अन्तिम रूप दिन बाँकी छ । त्यसका साथै अन्य खेलाडीसँगको सम्झौता पनि सम्पन्न भएपछि मात्रै क्लबले उनीसँगको सम्झौता आधिकारिक रूपमा सार्वजनिक गर्ने अनुमान गरिएको छ । 

बार्सिलोनाले नयाँ सिजन आफ्नो खर्च कम गर्ने उद्देश्यले जुनियर फिर्पाे, जिन–क्लेयर टोडिबो र कार्लेस एलेनाजस्ता केही ‘रिजर्भ’ खेलाडीलाई बेचिसकेको छ । त्यसका साथै क्लबले आफूसँग भएका महँगा खेलाडीको व्यवस्थापन गरी खर्च कटौतीको प्रयास गरेको छ । 

मेसी बार्सिलोनाका सर्वाधिक गोलकर्ता हुन् । उनले बार्सिलोनाका लागि ६७२ गोल गरेका छन् । क्लबबाट ला लिगाको १० उपाधि, च्याम्पियन्स लिगको चार र कोपा डेल रेको सात उपाधि जितेका यी कीर्तिमानी खेलाडी मेसीले ६ पटक बेलोन डिअर अवार्डसमेत जितेका छन् ।