मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार ३० बुधबार १९:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देउवालाई नेपालले भने– भ्रष्टाचार नगर्नुस्, कोरोना महामारी नियन्त्रण र जनतालाई खोपको व्यवस्था गर्नुस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार ३० बुधबार १९:५८:००

एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भ्रष्टाचारको विषयमा सचेत हुन सुझाब दिएका छन् ।

भेटका लागि आफ्नो निवास कोटेश्वर आएका देउवालाई दिएको सुझाबबारे नेपालले नयाँ पत्रिकासँग भने, ‘भ्रष्टाचार नगर्नुस्, कोरोना महामारी नियन्त्रण र जनतालाई खोप उपलब्ध गराउने व्यवस्थित योजना र विकास निर्माणलाई प्रभावकारी बनाउने कुरामा ध्यान दिनुहोस् ।’

प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाले पहिलो भेट नेपालसँग गरेका हुन् । दुई नेताबीच जनजीविका र समसामयिक विषयमा छलफल भएको थियो । 

देउवाको शपथग्रहणस्थल शीलतनिवासमा नेपाल पनि उपस्थित थिए । तर, शपथग्रहणमा एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी ओली भने उपस्थित थिएनन् । 

नेपाल समूहका २६ जना सांसदको समेत समर्थनमा देउवा प्रधानमन्त्री बनेका हुन् ।