मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार ३० बुधबार १८:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्ड र विप्लवबीच खुमलटारमा भेट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार ३० बुधबार १८:२३:००

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेट भएको छ । नेकपा महासचिव विप्लव प्रचण्डलाई भेट्न पार्टीका स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोला कञ्चनसहित खुमलटार पुगेका हुन् । 

सरकारले प्रतिबन्ध लगाएको दुई वर्षपछि गत वर्ष २१ फागुनमा विप्लव नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आएको थियो । शान्तिपूर्ण राजनीतिमा आउने क्रममा विप्लवले आफ्ना नेता–कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता, बन्दी रिहाइलगायत सहमति गरेका थिए । 

तर, लामो समय भए पनि सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै पछिल्लो समय नेकपाका नेताहरू सरकारसँग असन्तुष्ट हुँदै आएका थिए । विप्लवसँग सहमति गरेका तत्कालीन प्रधानमन्त्री केपी ओलीको सत्ता बहिर्गमन भएको दोस्रो दिनै प्रचण्ड र विप्लवबीच भेट भएको हो ।