मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ श्रावण १७ आइतबार
  • Sunday, 01 August, 2021
२०७८ असार ३० बुधबार १०:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

 ड्युटीमा रहेका सेनाले आफैँलाई गोली हाने  

Read Time : < 1 मिनेट
२०७८ असार ३० बुधबार १०:४९:००

महोत्तरीको प्रकौलीस्थित रणभिम गणमा कार्यरत नेपाली सेनाका सिपाही अम्बिर तामाङले आफैँले बोकेको इन्सास राइफलले आफैँलाई गोली हान्दा तत्काल उनको मृत्यु भएको छ । बुधबार बिहान ३ बजेदेखि ६ बजेसम्म ब्यारेकको पेरिमिटरभित्र रहेको कर्नेल बस्ने बंगलाको छेउमै रहेको कोत ड्युटीमा बसेका उनले उनीसँगै रहेका अर्का सिपाहीको ड्युटी सकेर हतियार बुझाउन गएको वेला आफूलाई गोली हानेका थिए । 

रामेछापकाे लिखु तामाकोसी गाउँपालिका– ५ घर भई हाल रणभिम गणमा कार्यरत उनले बुधबार बिहान पाँच बजेतिर आफ्नो दाहिने कन्चटमा गोली हानेका छन् । हाल जिल्ला प्रहरी कार्यालय महोत्तरीकाे मुद्दा शाखाका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक विक्रम साह अनुसन्धान टोलीसहित घटनास्थलमा पुगेका छन् । 

आफन्तलाई खबर गरिसकिएको र आफन्त आइसकेपछि शवको मुचुल्का उठाइने प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले अनुसन्धानपछि मात्र थप कुरा खुल्ने बताएका छन् ।  करिब पाँच वर्षदेखि सेनामा कार्यरत रहेका मृतक तामाङले  आफूलाई गोली हान्नुको कारण भने खुल्न सकेको छैन । उनको शव राखिएको स्थल सिल गरिएको छ ।