मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ असार २९ मंगलबार १२:००:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नबिल बैंकद्वारा वीर अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असार २९ मंगलबार १२:००:००

नबिल बैंकले  वीर अस्पताललाई अत्याधुनिक अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । सोमबार आफ्नो ३७औँ वार्षिकोत्सवको अवसरमा औपचारिक कार्यक्रम गरेर उक्त प्लान्ट हस्तान्तरण गरेकाे हो  । प्लान्ट स्थापनाका लागि बैंक र अस्पतालबीच जेठ ५ गते समझदारीपत्रमा हस्ताक्षर भएको थियो । समझदारीअनुसार नबिल बैंकले ५० क्युबिक लिटर/प्रतिघन्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गरेको छ भने अस्पतालले आवश्यक स्थान उपलब्ध गराएको छ । 

कोभिड– १९ दोस्रो लहरको अन्त्यसँगै अहिले विश्वको अन्य मुलुकहरूमा तेस्रो लहर फैलिँदै गर्दा, अक्सिजन प्लान्टले तेस्रो  चरणको जोखिम कम गराउने अपेक्षासहित अक्सिजन आपूर्ति गरी सहयोग हुने विश्वास बैंकले लिएको छ ।  

पछिल्ला केही समयदेखि मानवसेवामा लागेको नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोभिड– १९को महामारी सुरु भएदेखि नै सरकारलाई सहयोग गर्दै आएको छ । गत वर्ष कोभिड– १९ को प्रतिकार्यका लागि बैंकले नेपाल सरकारलाई रु. ६ करोड नगद सहयोग गरेको थियो । त्यसैगरी, सरकारी निकाय तथ मानवीय क्षेत्रमा कार्यरत विभिन्न संस्थासँग साझेदारी गरी विपद्को पूर्वतयारी र क्षमता विकासका लागि काम गर्दै आएको छ ।