मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार २८ सोमबार १५:३३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

योगेश भट्टराईले गरे सर्वोच्चको फैसलाको सम्मान र स्वागत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार २८ सोमबार १५:३३:००

एमाले सचिव योगेश भट्टराईले सर्वोच्च अदालतको सर्वोच्च अदालतको फैसलाको सम्मान र स्वागत गरेका छन् । उनले बदलिएको परिस्थितिमा प्रतिनिधिसभाको बाँकी कार्यकालको सुनिश्चिततासहित एमालेको एकता जोगाउन एमालेका नेता तथा कार्यकर्तालाई संयम र धैर्यताका साथ अघि बढ्न आह्वानसमेत गरेका छन् । 

कार्यदलमा भएको १०बुँदे सहमतिलाई इमानदारपूर्वक कार्यान्वयन गर्दै एमालेलाई संसदभित्र र बाहिर पनि एकढिक्का रहने विश्वास भट्टराईको छ । 

उनले भनेका छन्, ‘सर्वोच्च अदालतको संवैधानिक बेन्चद्वारा प्रतिनिधिसभाको पुनर्स्थापना गर्ने गरी गरेको आदेशको सम्मान र स्वागत गर्दछु । बदलिएको परिस्थितिमा प्रतिनिधिसभाको बाँकी कार्यकालको सुनिश्चिततासहित नेकपा एमालेको एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्ता कामरेडहरूमा संयम र धैर्यताका साथ अघि बढ्न आह्वान गर्दछु । हिजो भएको १० बुँदे सहमतिलाई इमानदारताका साथ कार्यान्वयन गर्दै नेकपा एमाले संसदभित्र र बाहिर पनि एकढिक्का रहनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’